अप्रत्याशित मूल्यवृद्धि रोकःनिर्माण व्यवसायी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अप्रत्याशित मूल्यवृद्धि रोकःनिर्माण व्यवसायी



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले इन्धन तथा प्रमुख निर्माण सामग्रीमा अप्राकृतिक तथा अप्रत्याशित मूल्यवृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको यस्तो मूल्यवृद्धि अविलम्ब फिर्ता हुनुपर्ने माग महासंघले गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गरी महासंघले मूल्यवृद्धिसँगै राज्यबाट सञ्चालित भई सम्पन्न भइसकेका परियोजनाको निर्माण कार्यवापतको भुत्तानी प्राप्त नहुँदा देशभरका व्यवसायी मर्कामा परेको समेत जनाएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाईका साथ अनिवार्य रुपमा लागू गर्न माग गर्दै सबै निर्माण कार्यमा निर्माण व्यवसायीले बिना झन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्यसूची बमोजिम मूल्य समायोजनको रकम प्राप्त गर्ने व्यवस्था हुनुपर्ने माग पनि महासंघले गरेको छ ।

प्रकाशित : २३ पुष २०७४, आईतवार १७:१४