अरुण फाइनान्सको साधारणसभा पुस २७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अरुण फाइनान्सको साधारणसभा पुस २७ गते



काठमाडौँ । अरुण फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले २१औं वार्षिक साधारणसभा होटल द रत्नईन धरानमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त साधारणसभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १ बराबर १ दशमलव ८० अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ । त्यस्तै लेखा परिक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने जनाएको छ । साथै संस्थाको शेयर स्वामित्व संस्थापक तर्फ ६० र सर्वसाधारण तर्फ ४० प्रतिशत रहेकोमा नेपाल राष्ट्र बैंक एकीकृत निर्देशन नं १०र०७४ को दफा १५ बमोजिम संस्थापक शेयर ५१ र सर्वसाधारण शेयर ४९ प्रतिशत कायम गर्ने र सोहीअनुसार संस्थाको प्रवन्धपत्र तथा नियमावलीसँग सम्बन्धित दफाहरुमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रकाशित : २४ पुष २०७४, सोमबार ११:४८