फस्र्ट माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फस्र्ट माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद बिक्री गर्ने



काठमाडौं। फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री गर्ने निश्चित भएको छ । कम्पनीलाई हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।कम्पनीले २२ करोड ८१ लाख ३१ हजार ३०० रुपैयाँ बराबरको २२ लाख ८१ हजार ३१३ कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २४ पुष २०७४, सोमबार १३:०३