मंगलबार देशभरका सबै विद्यालय बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मंगलबार देशभरका सबै विद्यालय बन्द



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले मंगलबार देशभरका सबै सदस्य विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्याब्सनका संस्थापक तथा पूर्व समेत रहेका डा. बाबुराम पोख्रेलको आइतबार बिहान असामयिक निधनको शोकमा देशभरका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

फाइल फोटो

आइतबार आकस्मिक बसेको बैठकले तीन दिनसम्म मंगलबारदेखि बिहीबारसम्म संस्थाको झण्डा आधा झुकाउने समेत निर्णय गरेको छ । पोख्रेलको शव मंगलबार तीनकुनेस्थित भीएस निकेतन स्कूलमा श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । साथै, मंगलबार नै उनको आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

प्रकाशित : २४ पुष २०७४, सोमबार १६:०८