नेप्से ३ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से ३ अंकले बढ्यो



STOCKकाठमाडौं । मंगलबार नेप्से परिसुचक ३ दशमलव ७२ अंकले बढेर १ हजार १ सय ७४ दशमलव ६९ बिन्दुमा कारोबार बन्द भएको छ । क बर्गको कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव ६० अंकले बढेर २ सय ५२ दशमलव ६६ बिन्दु पुगेको छ । बजार खुलेको केहि समयमा उकालो लागेको नेप्से १ बजेपछि ओरालो लागेको  थियो ।

आज १ सय ३४ कम्पनीको २ हजार १ सय ९३ कारोबारबाट ८ लाख २० हजार ४ सय ९ कित्ता शेयर खरिद बिक्रि भई करिब ४२ करोड ४ लाख ५८ हजार ५ सय ४३ रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।

उपपरिसूचकहरुमा बैकिंग समुह शुन्य दशमलव ४३ प्रतिशत, बिकास बैंक समुह शन्य दशमलव ३५ प्रतिशत, बिमा समुह शुन्य दशमलव ६१ प्रतिशत, फाइनान्स समुह शुन्य दशमलव ६ प्रतिशतले बढेको छ भने जलवियुत समुह शुन्य दशमलव ४१ प्रतिशत होटेल समुह शुन्य दशमलव ९४ प्रतिशत अन्य समुह शुन्य दशमलव ७५ प्रतिशत घटेको छ ।

कारोबार रकमको आधारमा नबिल बैंकको प्रोमोटर शेयर ६ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम १’ शेयर संख्याको आधारमा १ लाख २३ हजार ९ सय कित्ता शेयर खरिद बिक्री भएसँगै सबैभन्दा अगाडि रहेको छ । मेट्रो डेभलेपमेन्ट बैंकको लगानीकर्ताले सर्वाधिक ९ दशमलव ३८ प्रतिशतले कमाएका छन् भने  कैलाश विकाश बैंक लिमिटेडका लगानीकर्ताहरुले ६ दशमलव १८ प्रतिशतले मुल्य गुमाएका छन् ।

प्रकाशित : २२ भाद्र २०७२, मंगलवार १२:१६