जलविद्युत विकासमा नयाँ प्रविधि भित्र्याउने लक्ष्य सहित हिमालयन हाइड्रो एक्स्पो सकियो, ५० हजार बढीले गरे अवलोकन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

जलविद्युत विकासमा नयाँ प्रविधि भित्र्याउने लक्ष्य सहित हिमालयन हाइड्रो एक्स्पो सकियो, ५० हजार बढीले गरे अवलोकन



काठमाडाै । नेपालमा पहिलो पटक आयोजना भएको अन्तराष्ट्रियस्तरको हिमालयन हाइड्रो एक्स्पो २०१८ उत्साहजनक रुपमा सञ्चालन भएको छ । शुक्रबारदेखि ३ दिनसम्म चलेको एक्स्पो नेपालको जलविद्युत विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा सम्पन्न एक्स्पोको ६० हजार बढीले अवलोकन गरेका छन् । ‘हामीले अपेक्षा गरे अनुसारको नतिजा एक्स्पोले दिएको छ । उत्साहजन सहभागिताका साथै विदेशी कम्पनीहरुले नेपालको जलविद्युत विकासमा देखाएको चासोले आगामी दिनमा उर्जा क्षेत्रमा धेरै सुधार आउनेमा हामी आशावादी छौं ।’ आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले भने ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल थिए । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको थियो । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो ।

‘एक्स्पो भव्य रुपमा सफल भयो । निकट भविष्यमा नै यस्ता एक्स्पो आयोजना गर्न एक्स्पोमा सहभागि स्वदेशी तथा विदेशी कम्पनीहरुले हौसला दिनु भएको छ । यसबाट हामी आगामी दिनमा उर्जाको विकासमा ठुलो फड्को मार्न सक्छौं भन्ने देखिएको छ ।’ एक्स्पोको अर्को आयोजक संस्था एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने ।

यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइएको छ । प्रतियोगितामा साउथ वेष्टर्न विजनेश कलेज प्रथा भएको छ भने काठमाण्डौं विश्वविद्यालयले दोस्रो र तेस्रो स्थान हासिल गरेको छ । कलेजहरुबाट समुहमा प्रतिष्पर्धा गराइएको थियो । प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिएको छ ।

एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका थिए ।

नेपाल टनेलिंग एसोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल भारत उद्योग बाणिज्य संध, नेपाल युरोपियन चेम्वर अफ कर्मश एवं स्वदेशी तथा विदेशी कम्पनीहरुको पनि एक्स्पोलाई सहयोग गरेका थिए एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गरेको थियो । अफिसियल पार्टनरको रुपमा होटल अन्नपूर्ण, नेपाल सिपिंग एण्ड एयर लजिस्टिक प्रा ली र एनएमबि बैंक लिमिटेड रहेका थिए ।

प्रकाशित : २४ पुष २०७४, सोमबार १८:०८