एनआईसी एशिया बैंकले एकैदिन २ नयाँ शाखा सञ्चालनमा ल्यायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईसी एशिया बैंकले एकैदिन २ नयाँ शाखा सञ्चालनमा ल्यायो



काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तनहुँको आँबुखैरेनी र गोरखाको हरमटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । आँबुखैरेनी शाखाको उद्घाटन आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापा र गोरखा शाखाको उद्घाटन गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीले गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक रहेको बैंकले जनाएको छ । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।

प्रकाशित : २४ पुष २०७४, सोमबार १८:२५