नेप्सेमा सुधारको संकेत,नेपाल लाइफ इन्स्योेरेन्स आकर्षण कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा सुधारको संकेत,नेपाल लाइफ इन्स्योेरेन्स आकर्षण कायमै



काठमाडौं । साताको शुरुवातदेखि बढेको नेप्से परिसुचक तेस्रो दिन पनि १२ दशमलव २७ अंकले बढेर १ हजार ४ सय ५६ दशमलव ०७ अंकको बिन्दूमा पुगेर बन्द भएको छ ।

पछिल्लो केहि दिनदेखि लगातार रुपमा लगानीकर्ताको आकर्षणको केन्द्रमा परेको नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी प्रतिको आकर्षण मंगलबार पनि रोकिएन ।

यसदिन नेपाल लाइफको ६ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कम्पनीले हालसम्म गतवर्षको मुनाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरेको छैन ।

कम्पनीको सबै पक्ष सवल रहेकाले राम्रो प्रतिफल दिने आसामा लगानीकर्ताले शेयर खरिद गरेको एक ब्रोकर सञ्चालकले बताएका छन् । पछिल्लो तीन दिनको अवधिमा यो कम्पनीमा लगानीकर्ताको आकर्षण निकै बढेको देखिन्छ ।

प्रकाशित : २५ पुष २०७४, मंगलवार १५:२६