नेप्सेमा ५ कम्पनीको ३ करोड ३७ लाख कित्ता बढी शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा ५ कम्पनीको ३ करोड ३७ लाख कित्ता बढी शेयर सुचिकृत



काठमाडाै । मंगलबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा ५ कम्पनीको ३ करोड ३७ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन् । आज २ बाणिज्य बैंक, २ विकास बैंक र हाइड्रोपावर गरी ५ कम्पनीको कुल ३ करोड ३७ लाख ३३ हजार ८ सय ९ दशमलव ९ कित्ता शेयर सुचिकृत भएको हो । नबिल बैंकको १ करोड ८५ लाख ७७ हजार १ सय ४० कित्ता बोनस शेयर ।

 

सानिमा बैंकको १ करोड १० लाख ३६ हजार २ सय १४ दशमलव ४ कित्ता बोनस शेयर । टुरिजम डेभलपमेन्ट बैंकको १७ लाख १० हजार ७ सय ७५ कित्ता बोनस शेयर । एक्सेल डेभलपमेन्ट बैंकको १९ लाख २२ हजार ८ सय १२ दशमलव ५ कित्ता हकप्रद शेयर । ङादी ग्रुप पावरको ४ लाख ८६ हजार ८ सय ६८ कित्ता बोनस शेयर । शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर किनबेच गर्न सक्ने छन् ।

प्रकाशित : २५ पुष २०७४, मंगलवार १६:०१