एनआईसी एशिया बैंकको डिबेन्चर बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईसी एशिया बैंकको डिबेन्चर बाँडफाँड



काठमाडौं। एनआईसी एशिया बैंकले बिक्री खुल्ला गरेको ३ अर्ब रुपैयाँ बराबरको ९ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०८१र८२ बाँडफाँट भएको छ । बैंकले डिबेन्चरका डिबेन्चर धनीहरुलाई अर्धवाषिर्क रुपमा ९ प्रतिशत ब्याज प्रधान गर्ने छ ।

विगतको दशकदेखी बैंकिङ्ग क्षेत्रमा कायम रहेको व्याजदरको स्थितिलाई मध्यनजर गर्दा ७ वर्षको अवधिका लागि ९ प्रतिशत व्याजदरलाई लगानीका लागि उत्कृष्ट अवसरका रुपमा लिन सकिने बैंकले जनाएको छ ।

यस बंैकले जारी गरेको नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशीको डिबेन्चर नेपालको पूँजी बजारमा धितोपत्र बजारको विकासमा कोशेढुंगा सावित हुने विश्वास बैंकले लिगेको जनाएको छ । डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने र दोस्रो बजारमा समेत सोको खरिद बिक्री कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित : २६ पुष २०७४, बुधबार ११:१७