पञ्चकन्या माईको आइपीओ माघ ५ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पञ्चकन्या माईको आइपीओ माघ ५ देखि



काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमीटेडले माघ ५ देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ११ करोड मूल्य बराबरको साधारण सेयरको निश्कासन(आइपीओ) गर्ने भएको छ । यो कम्पनीलाइ धितोपत्र बोर्डले मंसिर ५ गते १०० रुपैयाँ अंकित दरमा ११ लाख कित्ता सेयरको आइपीओ निश्कासनको अनुमति दिएको थियो ।

माघ ५ गतेदेखि निश्कासन हुने आइपीओमा माघ १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । न्यूनतम २० र अधिकतम ५५०० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रमध्ये सन्दकपुर गाउँपालिकाका स्थानीयलाई ६  करोड ६ लाख र इलाम नगरपालिकाका बासिन्दाका लागि ४ करोड ४० लाख रुपैयाँ बराबरको आइपीओ छुट्याइएको छ ।

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेड र नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले गर्नेछन् ।

यो जलविद्युत कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल पूँजीको १० प्रतिशतको दरले आइपीओ निश्कासन गर्न लागेको हो । त्यसपछि सर्वसाधारणका लागि समेत १० प्रतिशत सेयर निश्कासन हुने बताइएको छ ।

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले हाल ६.१ मेगावाट क्षमताको कास्केड आयोजना निर्माण गरिरहेको छ भने यसअघि इलामको माइमझुवा, सुलबुुंग र माबुु गाविसमा १२ मेगावाट क्षमताको अपरमाई जलविद्युत आयोजना संचालन गरिरहेको छ ।

 

प्रकाशित : २६ पुष २०७४, बुधबार ११:३४