मेगा बैंक नेपालले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगा बैंक नेपालले बोनस शेयर दिने



काठमाडौं। मेगा बैंक नेपालले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । बैंकको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ९ दशमलव ४५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

बैंकले हकप्रद शेयर निष्कासन पश्चात कायम हुन आउने चुक्ता पुँजीको ६९ करोड ७१ लाख २ हजार १ सय ६८ दशमलव १२ रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको नेप्सेले जनाएको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको बोनस लगानीकर्ताले भने राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै पाउने छन् ।

प्रकाशित : २६ पुष २०७४, बुधबार १२:२५