यसरी लिन सकिन्छ शाखारहित बैंकिङ सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यसरी लिन सकिन्छ शाखारहित बैंकिङ सेवा



काठमाडाै । बिशेष गरि बैंकहरुले आफ्नो भौतिक शाखा बिना अर्को बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो ।

 

यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् ।

अहिले प्रायबै‌कहरुले बैंकिङ सेवाले पिछडिएको, दुर्गम र दुरदराजका मानिसहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छन । शाखा खोल्दा लाग्ने खर्चको हिसाबले हेर्दा यो सेवा बैंकहरुका लागि निकै प्रभावकारी बन्दै गएको छ ।

नेपालमा एभरेष्ट बैंकले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो । शाखारहित बैंकिङ सेवामा बैंकहरुले प्रयोगमा ल्याएका सबै सेवा सुविधाहरु दुरुस्तै दिन सकिन्छ । अहिले धेरै बैंक तथा वितिय संस्थाहरुले विभिन्न स्थानमा अाफ्नो सेवा पुर्याउदै अाएका छन ।

प्रकाशित : २६ पुष २०७४, बुधबार १२:४२