भोली सार्बजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भोली सार्बजनिक बिदा



काठमाडाै । सरकारले भोली पुस २७ गते बिहिबार सार्बजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता दिवसको अवसरमा बिहिबार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिने भनी नेपाल सरकारबाट निर्णय भएको जनाएको हो ।

बिहिबार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन हो । विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६३ देखि अघिल्लो सालसम्म सो बिदा कटौती गरिएको थियो । हालै मात्र उक्त बिदा थप गरिएको हो ।

प्रकाशित : २६ पुष २०७४, बुधबार १२:५१