कामना सेवाको हकप्रदले कति पायो रेटिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामना सेवाको हकप्रदले कति पायो रेटिङ



काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गर्न लागेको हकप्रदलाई इक्रा नेपालले ग्रेड फो प्लस रेटिङ प्रदान गरेको छ । जसले बैंकको अवस्था औसतभन्दा तल रहेको संकेत गर्दछ ।बैंकले माघ १५ गतेदेखि १० बराबर १.५ अनुपातमा ३० करोड ९४ लाख १५ हजार रुपैयाँ बराबरको ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयरमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।हकप्रद शेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ ।

प्रकाशित : २७ पुष २०७४, बिहीबार ११:२८