माघ ९ गतेबाट सामुदायिक लघुवित्तकाे आइपीओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माघ ९ गतेबाट सामुदायिक लघुवित्तकाे आइपीओ



काठमाडौं। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) माघ ९ गतेबाट निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।उक्त आइपीओमा छिटोमा माघ १२ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।सय रुपैयाँ अंकित मूल्यमा आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १५ सय कित्ता सम्म आवेदन दिन सकिन्छ ।कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोबार गर्दै आएको । संस्थाका अहिले ३२ वटा शाखा रहेका छन् ।

प्रकाशित : २७ पुष २०७४, बिहीबार १२:०६