रिलायन्स फाइनान्सकाे हकप्रद भर्ने समय थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायन्स फाइनान्सकाे हकप्रद भर्ने समय थप



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले हकप्रद शेयर भर्ने म्याद १५ दिन थप गरेको छ । कम्पनीलरे ४५ प्रतिशत हकप्रद शेयर भर्ने म्याद थप गरेर माघ १२ गते पुर्याएको हो ।यसअघि कम्पनीले मंसिर २२ गतेदेखि पुस २७ गतेसम्मको म्याद तय गरेको थियो । कम्पनीले २३ लाख ६ हजार ५ सय ७१ दशमलव ६० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।उक्त हकप्रद शेयरमा लगानीकर्ताले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, रिलायन्स फाइनान्सको उपत्यका भित्रका प्रदर्शनीमार्ग र न्यूरोड शाखा तथा उपत्यका बाहिरका अधिकांश शाखाबाट पनि आवेदन दिन सकछन्।हाल यस फाइनान्सको चुक्ता पुँजी ५१ करोड २५ लाख ७१ हजार ४६८ रुपैयाँ छ । हकप्रद शेयर बिक्रीपछि भने चुक्ता पुँजी ७४ करोड ३२ लाख २८ हजार ६२८ रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २७ पुष २०७४, बिहीबार १२:४६