आकाश क्यापिटललाई मर्चेन्ट बैंक सञ्चालनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आकाश क्यापिटललाई मर्चेन्ट बैंक सञ्चालनको अनुमति



काठमाडौं। नेपाल धितोपत्र बोर्डले आकाश क्यापिटललाई मर्चेन्ट बैंकको सञ्चालन अनुमति दिएको छ । क्यापिटलले बोर्डको निर्देशन अनुसार पूँजी पुर्याएसँगै बुधबार सञ्चालनको अनुमति दिएको बोर्डका निर्देशक निरञ्जय घिमिरेले जानकारी दिए ।आकाशले अनुमति पाएपछि मर्चेन्ट बैंकको संख्या २५ पुगेका छन् । अनुमति पाएसँगै आकाशले तत्काल व्यवसाय सञ्चालन गर्न पाउनेछ ।अब सेञ्चुरी क्यापिटल मर्चेन्ट बैंक, आस्क क्यापिटल मर्चेन्ट, वेल्थ म्यानेजमेन्ट बैंकर लिमिटेड, सम्पन्न क्यापिटल मर्चेन्ट बैंक र जेएसडी क्यापिटल लिमिटेड सञ्चालन अनुमतिको पर्खाइमा रहेका छन् ।

प्रकाशित : २७ पुष २०७४, बिहीबार १४:२१