हकप्रद बिक्रि गर्ने अनुमति माग्दै सूर्या लाइफ पुग्यो धितोपत्र बोर्डमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हकप्रद बिक्रि गर्ने अनुमति माग्दै सूर्या लाइफ पुग्यो धितोपत्र बोर्डमा



काठमाडाै । हकप्रद बिक्रि गर्ने अनुमति माग्दै सूर्या लाइफ इन्स्योरेन्सले धितोपत्र बोर्डमा आबेदन दिएको छ। इन्स्योरेन्सले १० बराबर ४ कित्ता सेयर अर्थात ४० प्रतिशतका दरले २८ करोड ८७ लाख रुपैयाँ बराबरको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो।

इन्स्योरेन्सले चुक्ता पुंजी २ अर्ब पुर्याउने योजना अन्तर्गत हकप्रद बिक्रिको अनुमोदनका लागि बोर्डमा आबेदन दिएको हो। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

४० प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी १ अर्ब १ करोड पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी ७२ करोड १८ लाख छ। कम्पनीले चुक्ता पुंजी २ अर्ब पुर्याउन करिब १ अर्ब पुंजी थप गर्नुपर्नेछ। यसका लागि कम्पनीले बोनस र हकप्रद मार्फत बाँकी पुंजी पुर्याउन सक्ने सम्भावना छ। कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५ करोड २२ लाख खुद मुनाफा आर्जन गरेको छ।

प्रकाशित : २८ पुष २०७४, शुक्रबार १२:३१