युनिभर्सल पावरले साधारण शेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनिभर्सल पावरले साधारण शेयर निष्कासन गर्ने



काठमाडौं, पुस २८ । युनिभर्सल पावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता शेयर निष्कासन गर्नका लागि माघ ११ गते विशेष साधारण सभामा कम्पनीको विशेष साधारणसभा अमृतभोग पार्टी प्यालेस डिल्लीबजारमा दिउँसो ३ बजे बस्ने भएको हो । साधारण सभाका लागि कम्पनीले पुस २७ गते विहीबारदेखि शेयरधनी किताब बन्द गरेको छ । पुस २६ गतेसम्म कायम शेयरधनीले कम्पनीको उक्त विशेष सहभागि हुन पाउने भएका छन् ।

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सलले जारी पूँजी दुई अर्ब १० करोड रूपैयाँको ४६ प्रतिशत बराबरको ९६ लाख ६१ हजार कित्ता आईपीओ जारी गर्ने प्रस्ताव साधारण सभामा लैजान लागेको कम्पनीले जनाएको छ । सर्वसाधारणका लागि निष्कासन हुने शेयरमध्ये १० प्रतिशत आयोजना प्रभावितका लागि निष्काशन गर्नुपर्ने हुन्छ । बाँकी शेयरमा संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारणलाई शेयर लगानी गर्न पाउनेछन् ।

प्रकाशित : २८ पुष २०७४, शुक्रबार १२:४५