नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर दिने



काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ । उक्त हकप्रद शेयरको लागि माघ ९ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।। तसर्थ माघ ८ गतेसम्म शेयर सुरक्षित गर्ने लगानीकर्ताले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागे हो । हकप्रद निष्काशन गर्नका लागि कम्पनीले एनएमबि क्यपिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत रहेको जनाउछ ।

प्रकाशित : ३० पुष २०७४, आईतवार ११:४५