९ दशमलव १९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

९ दशमलव १९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ९ दशमलव १९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका जलविधुत र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५२ कमपनीको ६ लाख ७० हजार ६ सय ४५ कित्ता सेयरबाट ३२ करोड ८३ लाख ३२ हजार ८ सय १६ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ९७ दशमलव ७९ अंकले ओरालो लागेको छ। आज उतपादनमुलक समुह ४८ दशमलव ५१ अंकले, लघुवित्त समुह २६ दशमलव ३ अंकले, होटल समुह २५ दशमलव ९८ अंकले, विकास बैँक समुह २० दशमलव ७९ अंकले, फाइनान्स समुह ९ दशमलव ७६ अंकले र बैँक समुह ८ दशमलव ८ अंकले ओरालो लागेको छ।
आइतबार सबै भन्दा धेरै जलविधुत समुहले कमाएको छ। आज जलविधुत समुह ५५ दशमलव ३७ अंकले उकालो लागेको छ । आज अन्य समुह ३ दशमलव ६६ अंकले उकालो लागेको छ ।

प्रकाशित : ३० पुष २०७४, आईतवार १५:२४