दोस्रो त्रैमासको वित्तिय विवरण निकाल्नेमा फर्स्ट माईक्रोमाइक्रोफाइनान्स बन्यो फर्स्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दोस्रो त्रैमासको वित्तिय विवरण निकाल्नेमा फर्स्ट माईक्रोमाइक्रोफाइनान्स बन्यो फर्स्ट



काठमाण्डौ । हरेक त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने काममा पहिलो बन्दै आएको फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले नाम झै दोश्रो त्रैमासको बित्तीय विवरण पनि सबैभन्दा पहिला सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण यो कम्पनीले मंगलबार सार्वजनिक गरेको हो ।

थोक लघुवित्त कर्जा प्रवाह गर्ने यो माइक्रोफाइनान्सले दोश्रो त्रैमाससम्म ४ करोड ७६ लाख खूद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा यो कम्पनीको खूद नाफा ३ करोड ३६ लाखमा सीमित थियो । यो अवधिमा संचालन नाफा ९ करोड ३६ लाख भएको  छ । अघिल्लो वर्ष संचालन मुनाफा ५ करोड २९ लाख मात्र थियो ।

समीक्षा अवधिमा कम्पनीले ८ करोड ५ लाख रुपैयाँ खूद ब्याज आम्दानी गर्ने सफलता पाएको छ । गत वर्ष यही अवधिमा कम्पनीको यस्तो आम्दानी ५ अर्ब ९० करोड रुपैयाँ रहेको थियो । खूद ब्याज आम्दानीमा भएको उत्साहप्रद बढोत्तरीले नाफा बढेको देखिएको छ ।

अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब ६१ करोड सापटी लिएको यो कम्पनीले यो वर्ष भने ३ अर्ब ६९ करोड सापटी लिएको छ । यो अवधिमा कम्पनीले ३ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ, अघिल्लो वर्ष ३ अर्ब २४ करोड प्रवाह गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको चुक्तापूँजी ४५ करोड ६२ लाख रहेको छ भने जगेडाकोषको आकार बढेर ११ करोड ९३ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको जगेडाकोषमा ७ करोड ५९ लाख रुपैयाँ मात्र थियो ।

दोश्रो त्रैमासम्म कम्पनीको प्रति सेयर आम्दानी(इपीएस) २०.९१ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.१८ गुणा कायम भएको छ । अघिल्लो वर्ष यही अवधिको इपीएस २५.४८ रुपैयाँ थियो ।

 

प्रकाशित : २ माघ २०७४, मंगलवार ११:३०