कति पायो नेपाल इन्स्योरेन्सले रेटिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कति पायो नेपाल इन्स्योरेन्सले रेटिङ



काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रदका लागि इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्षलाई औसतभन्दा तल रहेको तर, तुलनात्मक हिसाबमा प्ल्स रेटिङले सकारात्मक स्थितिमा रहेको बुझाउँछ ।यस कम्पनीले १ बराबर १ को अनुपातमा ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद जारी गर्न पुस ४ गते बोर्डमा निवेदन दिएको थियो ।

चालू आवको पहिलो त्रैमासमा रू. ३० करोड चुक्तापूँजी रहेको यस कम्पनीको जगेडा कोष रकम रू. १५ करोड ९९ लाख रहेको छ । यस बीमा कम्पनीले रू. २ करोड ६५ लाख खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २१ दशमलव शून्य ६ प्रतिशत बढि हो ।कम्पनीले चालु आवको पहिलो त्रैमासमा रू. १ अर्ब ३७ करोड विमा शुल्क आर्जन गरेको थियो भने कुल कायम रहेको बीमालेख सङ्ख्या ८ लाख २ करोड रहेको छ । साथै, गत आवको पहिलो त्रैमासमा रू. ३४ करोड रहेको कम्पनीको कुल दाबी भुक्तानी रकम बढेर रू. ४३ करोड ४८ लाख पुगेको छ ।

प्रकाशित : २ माघ २०७४, मंगलवार १२:३२