ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १७ दशमलव ३९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५४ कम्पनीको ८ लाख ११ हजार ७ सय ५९ कित्ता सेयरबाट ३६ करोड २२ लाख ८५ हजार ९२ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै जलविधुत समुहले गुमाएको छ । आज जलविधुत समुह १ सय दशमलव ०८ अंकले ओरालो लागेको छ। आज इन्स्योरेन्स समुह ८८ दशमलव ६ अंकले, लघुवित्त समुह १७ दशमलव ७ अंकले, विकास बैँक समुह १५ दशमलव ९८ अंकले, बैँक समुह १२ दशमलव ३ अंकले, अन्य समुह ९ दशमलव १६ अंंकले, होटल समुह ५ दशमलव २७ अंकले, फाइनान्स समुह ३ दशमलव ९२ अंकले, उतपादनमुलक समुह ३ दशमलव ३४ अंकले र टे«डिड समुह २ दशमलव ८७ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २ माघ २०७४, मंगलवार १५:२८