ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ७ दशमलव १९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको लघुवित्त समुह बाहेक अरु सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५८ कमपनीको ९ लाख ७९ हजार १ सय ९६ कित्ता सेयरबाट ४० करोड ४८ लाख ६७ हजार ४ सय ६७ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै जलविधुत समुहले गुमाएको छ । आज जलविधुत समुह १५ दशमलव १७ अंकले ओरालो लागेको छ। आज अन्य समुह १० दशमलव ७४ अंकले, होटल समुह ७ दशमलव ८१ अंकले, विकास बैँक समुह ७ दशमलव २ अंकले, बैँक समुह ७ दशमलव १७ अंकले,फाइनान्स समुह २ दशमलव ९४ अंकले,उतपादनमुलक समुह २ दशमलव ४१ अंकले र इन्स्योरेन्स समुह ० दशमलव ८ अंकले ओरालो लागेको छ।
आज लघुवित्त समुह भने उकालो लागेको छ। आज लघुवित्त समुह ४ दशमलव ०१ अंकले उकालो लागेको छ।

प्रकाशित : ३ माघ २०७४, बुधबार १५:२०