पञ्चकन्यामाईको ११ करोडको आइपीओ शुक्रबारदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पञ्चकन्यामाईको ११ करोडको आइपीओ शुक्रबारदेखि



काठमाडौं। पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले माघ ५ गते शुक्रबारदेखि स्थानीयको लागि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

एक सय रुपैयाँ अंकित मूल्यमा कम्पनीको आइपीओमा न्युनतम २० र अधिकतम ५ हजार ५ सय कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । उक्त आइपीओमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको आईपीओ मध्ये सन्दकपुर गाउँपालिकाका स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार र इलाम नगरपालिकाका बासिन्दालाई ४ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ पाउने निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कहाँबाट दिने आवेदन ?
सनराईज बैंकको इलाम शाखा
सन्दक गाउँपालिकाको कार्यालय, देउराली
पञ्चकन्यामाई हाइड्रोपावरको साइट कार्यालय माबु
प्रभु बैंक इलाम शाखबाट आवेदन दिन सकिनेछ

स्थानियबासिन्दाको आइपीओ बाँडफाँडपछि सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
शेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री र हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको सनराइजले जनाएको छ । कम्पनीले इलाममा ६ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

प्रकाशित : ४ माघ २०७४, बिहीबार १२:०१