शिवम सिमेन्टले ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शिवम सिमेन्टले ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने



काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि शेयर (IPO) जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसका लागि कम्पनीले माघ २१ विशेष साधारणसभा बोलाएको छ ।

हाल कम्पनीको जारीपुँजी ४ अर्ब ३० करोड रुपैयाँमा रहेको छ । कम्पनीले जारी पूँजी वृद्धि गरी ४ अर्ब ४० करोड रुपैयाँ पुर्याउन प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि विशेष साधारणसभामा पेश गर्ने भएको छ । कम्पनीले यसरी कायम हुन आउने ४ करोड ४० लाख कित्ता शेयरमध्ये ५२ लाख ८० हजार कित्ता शेयर उद्योग प्रभावित क्षेत्र स्थानीयसहित सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।

शिवमले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएपछि १०० रुपैयाँ भर्न भने नपाइने भएको छ ।कम्पनीको माघ ३ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको गत पुस २५ गते बसेको दोस्रो वार्षिक साधारणसभाले आईपीओ निष्कासन निर्णय गरेको थियो ।

 

प्रकाशित : ५ माघ २०७४, शुक्रबार ११:३२