हकप्रद शेयर निष्कासनको अनुमतिका लागि सिद्धार्थ इन्स्योरेन्स पुग्यो बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हकप्रद शेयर निष्कासनको अनुमतिका लागि सिद्धार्थ इन्स्योरेन्स पुग्यो बोर्ड



काठमाडौं। सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले  हकप्रद शेयर निष्कासनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । सिद्धार्थले १० बराबर ३.५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ४४ लाख ९७ हजार ३५० रुपैयाँको २२ लाख ४४ हजार ९७३.५० कित्ता शेयर निष्कासन गर्ने भएको हो । सिद्धार्थको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।५३ करोड ४५ लाख १७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको गत आवको मुनाफाबाट २० प्रतिशत बोनस वितरण पश्चात चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैंया पुगेको छ । उक्त पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैंया पुग्नेछ ।

प्रकाशित : ५ माघ २०७४, शुक्रबार १५:२०