वोमी माइक्रोफाइनान्सले हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वोमी माइक्रोफाइनान्सले हकप्रद जारी गर्ने



काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १० बराबर ३ को अनुपातमा हकप्रद जारी गर्ने अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २ करोड ३३ लाख २८ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २८० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।गत आवको मुनाफाबाट २० प्रतिशत बोनस बाँडेको कम्पनीले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सो अवधिमा कम्पनीले ६ करोड ४८ लाख रुपैयँ चुक्ता पूँजी भएको वोमी माइक्रोफाइनान्सले जगेडाकोषमा ३ करोड ३२ लाख रुपैयाँ राखेको छ ।

प्रकाशित : ५ माघ २०७४, शुक्रबार १५:२७