३ दशमलव ८५ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३ दशमलव ८५ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ३ दशमलव ८५ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका टे«डिड,होटल,फाइनान्स, उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १६५ कमपनीको १६ लाख ७६ हजार १ सय १६ कित्ता सेयरबाट ५० करोड ६१ लाख ४२ हजार ८ सय ५६ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ७५ दशमलव ९९ अंकले ओरालो लागेको छ। आज लघुवित्त समुह १२ दशमलव १७ अंकले,जलविधुत समुह ७ दशमलव ०८ अंकले,विकस बैँक समुह ५ दशमलव १ अंकले र बैँक समुह २ दशमलव ५७ अंकले ओरालो लागेको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले कमाएको छ । आज उतपादनमुलक समुह ३० दशमलव ९७ अंकले उकालो लागेको छ।  आज होटल समुह २५  दशमलव ३३ अंकले , फाइनान्स समुह २ दशमलव ३२ अंकले, ट्रेडिड. समुह २ दशमलव ०२ अंकले र अन्य समुह १ दशमलव ७६ अंकले उकालो लागेको छ।

प्रकाशित : ७ माघ २०७४, आईतवार १५:४२