सनराइज बैंकको थप तीनवटा नयाँ शाखा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंकको थप तीनवटा नयाँ शाखा सञ्चालनमा



काठमाडौं । सनराइज बैंक लिमिटेडले थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँशाखा पर्साको बिन्दबासिनी, ताप्लेजुङ्गको मौवाखोला र बाँकेको नरैनापुरमा एक समारोहका बीच आइतबार उद्घाटन गरिएको छन् ।

विन्दवासिनी गाउँपालिका अध्यक्ष लाल साह कानु र वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले विन्दवासिनी शाखा, मौवाखोला गाउँपालिका अध्यक्ष राज कुमार थात्लुङ र बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले मौवाखोला शाखा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

त्यस्तैगरि, नरैनापुर गाउँपालिकाका अध्यक्ष इसितियाक अहमद शाह र नेपाल राष्ट्र बैंक नेपालगञ्जका संचालक गुरु पौडेलले नरैनापुर शाखाको संयुक्त रुपमा एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएका थिए ।

यी नयाँ शाखा सहित बैंकको शाखा संख्या ७५ वटा पुगेको छन् । बैंकको ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर र २० वटा शाखारहित बैंकिङ्ग सेवा पुगेका छन् ।

प्रकाशित : ७ माघ २०७४, आईतवार १९:४१