क्यान इन्फोटेक मेला,सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

क्यान इन्फोटेक मेला,सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क प्रवेश



काठमाडौं । यहि माघ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा २४ औं ‘सुविसु क्यान इन्फोटेक-२०१८’ हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले मेलाको लागि गरिने सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

आयोजकका अनुसार मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ् प्रदर्शनी कक्षहरु रहनेछन् । साथै, ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुडस्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहने छन् ।

मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स र अन्य को प्रदर्शनी राखिनेछ ।

उक्त मेला राजधानीमा मात्र नभएर राजधानी बाहिर चितवन, बुटवलको रुपन्देही, इटहरी र पोखरामा समेत गर्ने तयारी भइरहेको बताइएको छ । मेलामा विश्वका अन्य मुलुकसँग सूचना तथा सञ्चार प्रविधिको अनुभव साटासाट गरी नेपालमा पनि प्रविधि तथा पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिइएको छ ।

माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्सजस्ता कक्ष रहने बताइएको छ ।

सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीको नामावली उपलब्ध गराएमा उनीहरुलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए ।

सुविसुका अध्यक्ष सुधीर पराजुलीले आगामी दिनमा देशका सातवटा प्रदेशमध्ये चारवटा प्रदेशमा यस्ता मेला आयोजना गरिने जानकारी गराएका छन् ।

प्रकाशित : ७ माघ २०७४, आईतवार १९:४६