गुल्मीको चन्द्रकोट गाउँपालिकामा प्रभु बैंकको शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुल्मीको चन्द्रकोट गाउँपालिकामा प्रभु बैंकको शाखा



काठमाडौ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ३ स्थित शान्तीपुर बजारमा आइतबारबाट प्रभु बैंकको शाखा कार्यालय सञ्चालनमा आएको छ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले एक समारोहका विच उक्त शाखाको उद्घाटन गरेका हुन् ।

हालसम्म कुनैपनि वाणिज्य बैंकको उपस्थिति नरहेको चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभु बैंकले पहिलोपटक शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

आइतबारबाट सञ्चालनमा आएको उक्त शाखाबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विप्रेषण सेवा तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ । साथै, देशभर शाखा सञ्जाल रहेको प्रभु बैंकको उपस्थितिले समग्र चन्द्रकोट गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : ७ माघ २०७४, आईतवार १९:५१