‘सिटिजन म्युचुअल फन्ड १’ को इकाईमा लगानीकर्ताले ‘चाँसो’ दिएनन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘सिटिजन म्युचुअल फन्ड १’ को इकाईमा लगानीकर्ताले ‘चाँसो’ दिएनन



काठमाडाै । सिटिजन बैंकको पूर्ण स्वामित्वमा रहेको सिबिआईएल क्यापिटलले निष्काशन गरेको ‘सिटिजन म्युचुअल फन्ड १’ को इकाईमा लगानीकर्ताले ‘चाँसो’ नदिएपछी आबेदनको म्याद थप गरिएको छ।

क्यापिटलले माघ २ देखि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्मका लागि १० रुपैयाँ अंकित १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रि खुला गरेको थियो। तर माघ ७ गते आइतबार बेलुकासम्म करिब ११ हजार आवेदकबाट पाँच करोड इकाईका लागि ५० करोड रुपैयाँ बढीको आवेदन परेको क्यापिटलले जनाएको छ। सबै संकलन केन्द्रबाट तथ्याङ्क आइनसकेकाले यो नै अन्तिम तथ्यांक नभएको क्यापिटलको भनाई छ।

निष्काशन गरेको इकाई भन्दा झन्डै आधा इकाई मात्र बिक्रि भएपछी क्यापिटलले म्याद थप गरि माघ १७ सम्म आबेदन दिन मिल्ने बनाएको छ। यदि बिक्रि खुला गरिएको इकाईमा माग आबेदन परेमा बिचैमा आबेदन बन्द गर्न सकिने क्यापिटलले जनाएको छ।

कोषको कुल १० करोड इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई सिटिजन बैंकको लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। फन्ड निष्काशनका लागि क्यापिटलले नेपाल धितोपत्र बोर्डले पुष १८ मा स्वीकृति प्राप्त गरेको हो।

एक जना लगानीकर्ताले न्युनतम १०० इकाई र अधिकतम २० लाख इकाईका लागि अर्थात एक हजार रुपैयाँदेखि २ करोड बराबरको आबेदन दिन सक्नेछन।

इच्छुक लगानीकर्ताले सिबिआईएल क्यापिटल बाटुलीघर, पुतलीसडक र सिटिजन बैंकका सम्पूर्ण शाखा कार्यालयबाट फारम प्राप्त गरी आबेदन दिन सक्नेछन। आवेदककर्ताले आस्वा मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाका ७७ जिल्लाका शाखा कार्यालयबाट समेत आबेदन दिन सक्नेछन।

प्रकाशित : ८ माघ २०७४, सोमबार १०:३९