शेयर बजारमा गिरावट कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शेयर बजारमा गिरावट कायमै



काठमाडाै । सोमबार दिनभरी निकै उतारचढाव रहि शुन्य दशमलव ५८ अंकले घटेको बजार आज मंगलबार भने ९ दशमलव ०५ अंकले घटेर १ हजार ३ सय ९३ दशमलव ०४ को बिन्दुमा कारोबार बन्द भएको छ। कारोबार शुरु भएको १ घण्टा नविदै सामान्य घटेको बजार अन्तत: सम्म आउदा पनि ओरालो लगानी बजार बन्द भएको छ ।

यस दिन ११ बजे १८ मिनेट जादा बजार बढेर सबैभन्दा उच्च बिन्दु १ हजार ४ सय २ दशमलव ९४ बिन्दुसम्म पुगेको थियो भने घटेर १ हजार ३ सय ९२ दशमलव १५ बिन्दुसम्म पुगेको थियो ।

चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा मुनाफा देखिएपनि लगानीकर्ताहरुमा उत्साहजनक नभएको शेयरबजारले देखाएको छ ।

मंगलबार परिसुचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार ३६ करोड माथिको कारोबार भएको बजारमा आज १५५ कम्पनीको ३२ करोड २६ लाख ७३ हजार ३५८ रुपैयाँको शेयर खरिदबिक्री भएका छन् ।

आज कारोबारमा आएका दश समूहहरु सबै रातामै भएको छन् । सबैभन्दा बढी घट्ने बीमा समूह रहेको छ । उत्पादक तथा प्रशोधन समुह भने स्थिर नै रहेको छ ।

यसदिन सर्वाधिक कमाउनेमा फस्र्ट माइक्रोफाइनान्स र वल्र्ड मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडका लगानीकर्ता रहेका छन् । जसको आज ५ प्रतिशत भन्दाबढीले शेयरमूल्य बढेको हो ।

आज सर्वाधिक गुमाउनेमा भने कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र एभरेष्ट इन्स्योरेन्स समूहका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्यमा ५ प्रतिशत भन्दाबढीले झरेको छ ।

प्रकाशित : ९ माघ २०७४, मंगलवार १६:५७