महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकको परासी शाखा कार्यालयले विद्यालयलाई कम्युटर र शैक्षिक सामाग्री वितरण गरेको छ ।

सरस्वती पुजाको अवसर पारेर गत सोमबार तलौली नवलपरासीे स्थीत श्री त्रिमूर्ती प्राथमीक विद्यालयलाई २ थान कम्प्युटर र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गरेको हो ।

 

उक्त कार्यक्रममा रामग्राम नगरपालीकाका मेयर नरेन्द्र गुप्ता प्रमुख अतिथी तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाद राय अतिथीका रुपमा उपस्थित रहेका थिए ।

सरावल गाँउपालीका बडा नं २ का अध्यक्ष शम्भु प्रसाद चौधरीले बैंकलाई धन्यवाद दिएका थिए भने विद्यालयका प्रधानाध्यापक मस्जीद अलि अन्सारीले आफ्नो विद्यालयलाई छानेर सहयोग गरेकोमा बैंकलाई आभार व्याख्त गरेका थिए ।

प्रकाशित : ९ माघ २०७४, मंगलवार १८:३६