आइएमईका व्यवसायीक साझेदार युएई भ्रमणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आइएमईका व्यवसायीक साझेदार युएई भ्रमणमा



काठमाडौं ।गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोवारका आधारमा आइएमई लिमिटेडले आफ्ना दश व्यवसायीक साझेदारहरुलाई युएईको दश दिवसीय भ्रमण गराएको छ । बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा बर्गिकरण गरिएको थियो । यो मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समुहबाट एक÷एक गरी कुल दश जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको हो ।

त्यस्तै गत मंसिरमा आफ्ना दशजना व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिम स्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको थियो। आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३÷७४ मा दिइएको व्यवसायीक साझेदार मूखिब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व आइएमईेले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६०आइएमई सेन्टर सहित सातै वटा प्रदेश र ७७ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथावित्तीय संस्थाका शाखामार्फत ्विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : १० माघ २०७४, बुधबार ११:४३