एनआईबिएल क्यापिटलद्वारा निशुल्क एसएमएस सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईबिएल क्यापिटलद्वारा निशुल्क एसएमएस सेवा



काठमाडौं। एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले आफना हितग्राही खातावालाहरुलाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ। यस सेवाबाट खातावालाहरुले आफ्नो शेयर कारोबार(खरिद/बिक्री) बाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने क्यापिटलले जनाएको छ।

क्यापिटलले ल्याएको निशुल्क एसएमएस सेवाबाट क्यापिटलका हितग्राही खातावालाहरु लाभान्वित हुने बिश्वास व्यक्त गरेको छ। हाल क्यापिटलले १ लाख १४ हजार ९०० ग्राहकहरुलाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको जानकारी दिएको छ।

प्रकाशित : ११ माघ २०७४, बिहीबार १२:०९