नेपाल एसबीआई बैंककाे इपीएस घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल एसबीआई बैंककाे इपीएस घट्याे



काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा खुद मुनाफा ९१ करोड ३० लाख रुपैयाँ कमाउन सफल भएको छ  जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा २० दशमलव ३४ प्रतिशतले वृद्धि गरेको हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा ७५ करोड ८७ लाख रुपैयाँ कमाएको थियो ।

चुक्तापूँजी अनुसारको आम्दानी गर्न नसक्दा नेपाल एसबीआई बैंकको प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो वर्ष ३ अर्ब ८८ करोड रहेको पूँजी बढेर ८ अर्ब ४ करोड पुगेको छ । यसरी पूँजीमा १०७ प्रतिशतको वृद्धि हुँदा नाफा भने २०.३४ प्रतिशत मात्र बढेका कारण इपीएसमा गिरावट आएको हो।

बैंकको रिजर्ब कोष समेत घटेको छ । अघिल्लो वर्ष ३ अर्ब ८५ करोड रुपैयाँ रहेको यस्तो कोष घटेर ३ अर्ब ६९ करोडमा झरेको हो ।

समीक्षा अवधिमा बैंकले ८५ अर्ब १६ करोड निक्षेप संकलन गरी ७१ अर्ब ३४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ७७ अर्ब ५९ करोड निक्षेप संकलन गरी ५९ अर्ब ७७ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकको खराबकर्जा समेत बढेको छ । अघिल्लो वर्ष ०.१२ प्रतिशत रहेको खराब कर्जा बढेर ०.१३ प्रतिशत पुगेको छ ।

व्यवसाय बिस्तार गरेका कारण बैंकको खूद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो वर्ष १ अर्ब ४५ करोड खूद ब्याज आम्दानी रहेकोमा यो वर्ष १ अर्ब ८८ करोडको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष १ अर्ब १६ करोड रुपैयाँ रहेको संचालन नाफा बढेर १ अर्ब ४३ करोडको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३९.०७ रुपैयाँ कायम भएको छ, अघिल्लो वर्ष यस्तो आम्दानी २२.६९ रुपैयाँमा सीमित थियो । प्रतिसेयर नेटवर्थ १४५.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.२२ गुणा कायम भएको छ ।

प्रकाशित : ११ माघ २०७४, बिहीबार १२:४०