“खुल्ला आकाश” म्यूजिक भिडियो सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

“खुल्ला आकाश” म्यूजिक भिडियो सार्वजनिक



काठमाडौ । युवा गायक रिमेश तामाङको नयाँ नेपाली पप गीत “खुल्ला आकाश” म्यूजिक भिडियो सार्वजनिक भएको छ । पप गीत “खुल्ला आकाश” म्यूजिक भिडियोलाई आफ्नै नामको   युट्यूव च्यानेल रिमेश तामाङ मार्फत वाहिर ल्याइएको हो।
सुमन तामाङद्वारा निर्देशित यस भिडियोमा रिमेश तामाङ र क्रिस्टिना थापाले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।
विल्कुलै फरक धारमा निर्मित “खुल्ला आकाश” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार रिमेश तामाङको संगीत रहेको छ।
त्यस्तैगरी रिमेश तामाङको शब्द र सुमन तामाङको एरेञ्जरमा तयार पारिएको भिडियोलाई सुमन तामाङले सम्पादन र छायांकन गरेका छन्।

प्रकाशित : ११ माघ २०७४, बिहीबार १४:२३