उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ ।आज नेप्स ९ दशमलव ८ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन् । आज कारोबारमा आएकाे विकास बैँक र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५९ कमपनीको ६ लाख ६२ हजार १ सय ६९ कित्ता सेयरबाट २८ करोड २२ लाख ४१ हजार ५ सय ५२ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ८९ दशमलव ०२ अंकले उकालो लागेको छ। आज उतपादनमुलक समुह ३० दशमलव ४५ अंकले, लघुवित्त समुह २२ दशमलव ४३ अंकले, होटल समुह २७ दशमलव ३५ अंकले, बैँक समुह ८ दशमलव ६१ अंकले, ट्रेडिड समुह ८ दशमलव २८ अंकले, जलविधुत समुह ६ दशमलव ४१ अंकले र फाइनान्स समुह १ दशमलव ६१ अंकले उकालो लागेको छ।
बिहिबार विकास बैँक समुह र अन्य समुह भने ओरालो लागेको छ । आज विकास बैँक समुह ३ दशमलव ०६ अंकले ओरालो लागेको छ भने अन्य समुह १ दशमलव ४५ अंकले ओरालो लागेको छ।

प्रकाशित : ११ माघ २०७४, बिहीबार १५:२५