सिद्धार्थ बैंकको हकप्रद फागुन २ गतेदेखि निष्कासन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैंकको हकप्रद फागुन २ गतेदेखि निष्कासन हुने



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको फागुन २ गतेदेखि हकप्रद शेयर निष्कासन हुने भएको छ । बैंकले १० बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

बैंकले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६८ करोड २६ लाख ११ हजार ७१९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।हकप्रदमा फागुन २ गतेदेखि चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

हाल ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ चुक्तापूँजी रहेको बैंकको हकप्रद बिक्रीपश्चात पूँजी ७ अर्ब ५० करोड ८७ लाख रुपैयाँ नाघ्नेछ । ८ अर्ब पूँजी पुर्याउन अपुग रकम बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस वितरण गर्नुपर्ने हुन्छ ।
बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिद्धार्थ क्यापिटल तथा आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन सकिनेछ ।

प्रकाशित : १२ माघ २०७४, शुक्रबार १२:०३