इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ८३ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ८३ करोड



काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्रतिसेयर आम्दानीलाई नियन्त्रणमा राख्न असफल भएको छ । तथापि, यो बैंकका अन्य सूचकहरु ब्ढेका छन् ।

यो बैंकले समीक्षा अवधिमा १ अर्ब ८३ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।

यो अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब २९ अर्ब निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब बढीको  कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ खर्ब १६ अर्ब निक्षेप संकलन गरी ९६ अर्ब ७० करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकले २ अर्ब ३२  करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानीलाई बढाई २ अर्ब ६८ करोडको उचाईमा पुर्याएको छ ।

यस्तै, २ अर्ब ३२  करोड रहेको संचालन नाफा २ अर्ब  ४४ करोड पुगेको छ ।

यो अवधिमा बैंकमा खराब कर्जा(एनपिएल)को थुप्रो लागेको छ । अघिल्लो वर्ष ०.७ प्रतिशत रहेको खराब कर्जा बढेर १.१२ प्रतिशत पुगेको हो । यसरी खराब कर्जा ६० प्रतिशतले बढेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकको रिजर्ब कोष ९ अर्ब १६ करोडबाट बढी ९ अर्ब ९१ करोडको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष यही अवधिमा ८ अर्ब ७० करोड रहेको चुक्तापूँजी २२.०५ प्रतिशतले वृद्धि भई १० अर्ब ६२ करोड पुगे पनि सोअनुसार नाफा बढाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानी  खस्किएको छ । अघिल्लो वर्ष यही अवधिमा ३६.४१ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी यो वर्ष घटेर ३४.४५ रुपैयाँ कायम भएको छ ।

यस्तै, प्रतिसेयर नेटवर्थ १९३.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.०७ गुणा कायम भएको छ ।

 

प्रकाशित : १४ माघ २०७४, आईतवार ११:३५