एनएमबिको नाफा ४३ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबिको नाफा ४३ प्रतिशतले वृद्धि



काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको २०७४/७५ को दोस्रो त्रैमासमा अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा भन्दा खुद मुनाफामा ४३ दशमलव ६७ प्रतिशतले वृद्घि गरी १ अर्ब रुपैयाँ कटाउन सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले जम्मा ७० करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

त्यसैगरी बैंककोे आव.२०७४/७५ मा निक्षेपमा १७ दशमलव ०९ तथा कर्जामा १७ दशमलव ४३ प्रतिशतले बढेको छ । उच्च वित्तिय प्रगति प्रर्दशन गर्दै हाल बैंकको निक्षेप ८० अर्ब ५५ करोड पुगेको छ भने कर्जा ७० अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकले आप्नो निश्कृय कर्जालाई १ दशमलव ६७ प्रतिशतबाट झारेर १ दशमलाव २० प्रतिशमा पु¥याएको छ ।

अघिल्लो वर्षको सोहिअवधिमा ५ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी भएको एनएमबि बैंकले १९ प्रतिशत बोनस शेयर वितरण गरे पश्चायत बैंकको हाल ६ अर्ब ४६ करोड रुपैयाा पुगेको छ । जसले जगेडाकोषमा ५ अर्ब २३ करोड २६ लाख रुपैयाँ राखेको छ ।

बैंकको खुद व्याज आम्दानीमा १० दशमलव ४० प्रतिशतले वृद्धि गरी १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३८ दशमलव ५८ प्रतिशतले वृद्धि गरी १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ९ करोड ५६ लाख रुपैयाँ राखेको छ भने २५ करोड ६५ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३१ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १४ दशमलव ६६ गुणा, तरलता अनुपात २४ दशमलव ३२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ८० दशमलव ९८ रुपैयाँ रहेको छ ।

हाल एनएमबि बैंकको ९३ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १४ माघ २०७४, आईतवार ११:५७