१दशमलव ४२ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१दशमलव ४२ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स १ दशमलव ४२ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका बैँक र विकास बैँक समुह समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५८ कमपनीको ८ लाख ५१ हजार ३ सय २५ कित्ता सेयरबाट ३५ करोड ४७ लाख २१ हजार ७ सय ४८ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै होटल समुहले गुमाएको छ। आज होटल समुह २८ दशमलव ०२ अंकले ओरालो लागेको छ । आज जलविधुत समुह १६ दशमलव ९२ अंकले, इन्स्योरेन्स समुह १२ दशमलव ४९ अंकले, ट्रेडिड समुह १० दशमलव ३९ अंकले,उतपादनमुलक समुह ९ दशमलव ३९ अंकले, लघुवित्त समुह ५ दशमलव ४५ अंकले, अन्य समुह ३ दशमलव ०३ अंकले, फाइनान्स समुह २ दशमलव ७५ अंकले ओरालो लागेको छ।
आज बैँक र विकास बैँक समुह भने उकालो लागेको छ । आज बैँक समुह ५ दशमलव ९२ अंकले उकालो लागेको छ भने विकास बैँक समुह ४ दशमलव ७६ अंकले उकालो लागेको छ।

प्रकाशित : १४ माघ २०७४, आईतवार १५:२२