गोर्खा इको प्यानलबाट वन्यो चिटिक्कको गाउँंपालिका भबन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गोर्खा इको प्यानलबाट वन्यो चिटिक्कको गाउँंपालिका भबन



काठमाडौं । गोर्खा इको प्यानलको प्रयोगबाट धादिंङस्थित सिद्धलेख गाउँंपालिका वडा नं १ को वडा भबन निर्माण सम्पन्न भएको छ । इटाको सटा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्रीको रुपमा रहेको गोर्खा इको प्यानलबाट एकतल्ले चिटिक्कको गाउँंपालिकाको वडा भबन निर्माण सम्पन्न भएको हो ।
निर्माण सम्पन्न गाउँंपालिका भबनको उदघाटन प्रमुख अतिथि धादिङ क्षेत्र नं २ का सभाषद् भूमिप्रसाद त्रिपाठीले गरे । सो अवसरमा उनले गोर्खा इको प्यानलबाट बनेको गाउँंपालिका भबन चिटिकको मात्रै नभई भूकम्पीय दृष्टिकोणले सुरक्षित, बलियो र भरपर्दाे पनि रहेकाले सर्वसाधारणले पनि आआफनो निजी आवासमा यही सामानको प्रयोग गर्न सकिने बताए । गाउँंपालिका भबनलाई जनताको सिंहदरवारको रुपमा लिएको चर्चा गर्दै उहाँंले भूकम्पले भत्केका सरकारी कार्यालयहरु पनि यथाशिघ्र यसरी नै पुननिर्माण हुनुपर्नेमा जोड दिए । पुननिर्माणमा नीतिगत भष्टाचार भएकाले समयमा नै पुननिर्माण हुन नसकेको विचार राख्दै उनले भूकम्पपश्चात नेपाल सरकारको नीति नियमले जनतालाई मगन्ते बनाएको भनाईसमेत राखे ।
कार्यक्रमका अतिथि सिद्धलेख गाविस गाउँंपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले तीव्र रुपमा निर्माण सम्पन्न हुने गोर्खा इको प्यानल जस्ता निर्माण सामाग्रीको प्रयोगबाट पुननिर्माण थाल्नुपर्नेमा जोड दिए । कार्यक्रमका सभापति सिद्धलेख गाउँंपालिका वडा नं १ का वडा अध्यक्ष चन्द्र खनालले गाउँंपालिका भबन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।
सरकारी कार्यालयहरुबीचकै आपसी समन्वयको अभाबमा पुननिर्माणमा ढिलाई भइरहेको कार्यक्रममा बताइयो । शिक्षा मन्त्रालयबाट पुननिर्माणका लागि स्वीकृत प्राप्त निमाण सामाग्री पुनः पुननिर्माण प्राधीकरणबाट स्वीकृति लिनुपर्दा समस्या रहेको कार्यक्रममा जनाइयो ।
गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ई कृष्णभक्त दुवालले एउटा सरकारी निकायले पास गरेको डिजाइन र नक्सालाई अर्काे सरकारी निकायले पास गरी नदिंदा पुननिर्माणमा ढिलाई भएको बताए । नेपाल सरकार शिक्षा विभागले पास गरिसकेको नक्सा तथा डिजाइनलाई जिल्ला जिल्लाका पुननिर्माण प्राधीकरणहरुले पास गर्न नमानी राहत स्वरुप दिइने रकम नदिएकोमा उहाँंले दुःख व्यक्त गर्नु भयो ।
गोर्खा इको प्यानलको प्रयोग गरी गाउँंपालिकाको वडा नं १, २ र ७ को वडा कार्यालय भबन बनाएको सिद्धलेख गाउँंपालिकाको दुईतल्ले आफनै भबन पनि गोर्खा इको प्यानलको प्रयोगबाटै निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।

प्रकाशित : १४ माघ २०७४, आईतवार १५:४९