सनराइज बैंकद्वारा नयाँ शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंकद्वारा नयाँ शाखा विस्तार



काठमाडौं । सनराइज बैंक लिमिटेडले प्रदेश नं ५, रुकुम जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. ९ मा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले रुकुमको सानीभेरीमा नयाँ शाखा विस्तार गरी आइतबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो । बैंकका नायब महाप्रबन्धक अपछकुमार यादब र सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले उक्त शाखाको शनिबार संयुक्त रुपमा उद्घाटन गरे ।

 

सानीभेरीमा नयाँ शाखा स्थापना भएसँगै बैंकको शाखा संख्या ७६ वटा पुगेको छ । बैंकको नेपाल अधिराज्य भर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।

प्रकाशित : १४ माघ २०७४, आईतवार २१:३२