स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमीटेडकाे प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमीटेडकाे प्रगति



काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा राम्रो प्रगति गरेको छ । यो  बैंकले खूद नाफा ३६.९२ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो  वर्ष यही अवधिमा ७४ करोड १ लाख रहेको नाफा बढाई १ अर्ब १ करोडको उचाईमा पुर्याएको हो । दोश्रो त्रैमासमा बैंक पहिलोपटक अर्बपति क्लबमा प्रवेश गर्न सफल भएको हो ।

अघिल्लो वर्ष १ अर्ब ४ करोड रहेको खूद ब्याज आम्दानी  समीक्षा अवधिमा बढेर १ अर्ब ४६ करोडको उचाईमा पुगेको छ ।

यो अवधिमा बैंकले ८६ अर्ब ७ करोड निक्षेप संकलन गरी ४२ अर्ब ३५  करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६१ अर्ब ९८ करोड निक्षेप संकलन गरी ३५ अर्ब १० करोड कर्जा प्रवाह गरेको थियो ।

अघिल्लो वर्ष १ अर्ब १२ करोड रुपैयाँ  रहेको संचालन नाफा बढेर १ अर्ब  ५५ करोड पुगेको छ भने बैंकको रिजर्बकोष थप मजबुत भई ४ अर्ब  ५१ करोडबाट ४ अर्ब ८६ करोड पुगेको छ ।

बैंकले निस्क्रिय कर्जा(एनपिएल)लाई ०.२५ बाट घटाएर ०.१७ प्रतिशतमा झार्न सफल देखिएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष यही अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी ३९.४८ रुपैयाँ रहेकोमा घटेर समीक्षा  अवधिमा २५.३० रुपैयाँ कायम  भएको हो । बैंकको पूँजीमा ११४ प्रतिशतको  हाराहारीमा वृद्धि भए पनि  नाफा चाहि ३७ प्रतिशतको हाराहारीमा मात्र बढ्दा प्रतिसेयर आम्दानी अनियन्त्रित भएको हो ।

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६०.७४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.०३ गुणा कायम भएको  छ ।

 

प्रकाशित : १५ माघ २०७४, सोमबार ११:०६