बुटवल पावरको एफपीओको बिक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुटवल पावरको एफपीओको बिक्री खुल्ला



काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को फर्दर पब्लिक शेयर अफरिङ (एफपीओ) को बिक्री खुल्ला भएको छ । कम्पनीले १०० रुपैयाँ फेस भ्यालुमा ४०१ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ बिक्री खुल्ला गरेको हो ।

सरकारी लगानीसमेत रहेको कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपीओ  निष्कासन गरेको होे । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको एफपिओमा न्यूनतम १० कित्ता अर्थात ५ हजार १० रुपैयाँदेखि अधिकत्म २० हजार ४ सय अर्थात १ करोड २ लाख २० हजार ४ सय रुपैयाँसम्मको आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

एफपीओमा माघ १५ देखि छिटोमा माघ १९ र ढिलोमा फागुन १५ सम्म आवेदन दिन सकिनेछ । आवेदन कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्बा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

गत आर्थिक वर्ष २०७३/७४ मा बीपीसीले ६५ करोड नाफा गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले नाफा ७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले ४ मेगावाटको खुदी, ९ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्ने जनाइएको छ ।

प्रकाशित : १५ माघ २०७४, सोमबार १२:०१